अटिजम तथा न्युरो डाइभर्सिटी बालबालिकाका सवाल शिक्षा ऐनमा समेटिन्छन् : मन्त्री पोखरेल

Image
Nisarga Hospital

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अटिजम तथा न्युरो डाइभर्सिटी भएका बालबालिकाको शिक्षासम्बन्धी सवाललाई अब बन्ने शिक्षा ऐनमा समेटिने बताएका छन्। शनिबार धनगढीमा आयोजित अटिजम तथा न्युरो डाइभर्सिटी भएका बालबालिकाको शिक्षासम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन्।

CP Hospital Dhangadhi

उनले नयाँ शिक्षा ऐन निर्माणका क्रममा विभिन्न जिल्लामा पुगेर सरोकारवालाबाट राय, सुझाव र सल्लाह लिने काम भइरहेको जानकारी दिए। न्युरो डाइभर्सिटी भएका बालबालिकाको शिक्षा र उनीहरूले भोग्दै आएका समस्याप्रति सरकार संवेदनशील रहेको उनको भनाइ थियो।

Attariya Hospital

मन्त्री पोखरेलले सरकार गठन भएलगत्तै सातवटै प्रदेशमा अटिजम विद्यालय स्थापना गर्ने घोषणा गरिसकेको बताए। यद्यपि, ती विद्यालय कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा अझै छलफल र अध्ययन भइरहेको उनले जानकारी दिए।

nawajiwan

उनका अनुसार विद्यालयको प्रभावकारी सञ्चालन, बालबालिकाको आवश्यकता र समावेशी शिक्षालाई ध्यानमा राख्दै मोडालिटीलाई थप परिष्कृत गरिनेछ। उनले अटिजम तथा न्युरो डाइभर्सिटी भएका बालबालिकाले सहज र समान रूपमा शिक्षा प्राप्त गर्ने वातावरण निर्माण सरकारको प्राथमिकतामा रहेको बताए।