बाल स्याहार केन्द्र सञ्चालन गर्ने सुदूरपश्चिमको पहिलो सहकारीका रुपमा सृजनशिल चिनिन सफल भएको छ : नगरप्रमुख भट्ट

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका– ८ जमुनानगरमा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लि. ले बाल स्याहार केन्द्र सञ्चालनमा ल्याएको छ । सहकारीले महिलाहरुको सहजताका लागि स्याहार केन्द्र सञ्चालनमा ल्याएको हो ।

CP Hospital Dhangadhi

सो स्याहार केन्द्रको शनिबार एक औपचारीक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै नगरप्रमुख भट्टले सुदूरपश्चिममा बाल स्याहार केन्द्र सञ्चालन गर्ने पहिलो सहकारी संस्थाका रुपमा सृजनशिल चिनिन सफल भएको बताए । उनले सहकारीलाई बहुउद्देश्यका साथ अगाडी बढाउन सफल भएको बताए । उनले सहकारी सबैको सहकार्यबाट मात्रै प्रगतीको उचाईमा जान सक्ने भएकाले सबैको साथ र सहकार्य आवश्यक हुने उनले बताए ।

nawajiwan
Attariya Hospital

साना साना व्यवसाय गर्दै आईरहेका र रोजगारी गर्दै आईरहेका महिलाहरुका लागि सृजनशिल सहकारीले गरेको कार्य एकदमै सह्रानिय भएको उनको भनाई छ । उनले बालबालिकाहरुको स्याहार गर्नुपर्ने अवस्थाका कारण रोजगारी र अन्य क्रियाकलापहरु सञ्चालन गर्न समस्या हुने गरेका महिलाहरुले आफ्ना शिशुहरुलाई स्याहार केन्द्रमा राखेर ढुक्क सँग रोजगारीमा जाने तथा व्यवसाय गर्न सक्ने वातावरण सृजना भएको बताए ।

उनले महिलाहरुलाई सशक्त बनाउनकै लागि सहकारीले यस्ता किसिमका विभिन्न क्रियाकलाप गर्दै आईरहेको बताए । उनले सहकारीले आम सर्वसाधारणहरुका लागि गर्ने यस्ता क्रियाकलापहरुका लागि नगरपालिकाले पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।