
कैलालीमा झरनामा खसेर एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब ४ बजेतिर पन्त चुरे गाउँपालिका–५ स्थित सुरूगडा चिप्ले झरनामा खसेर बेपत्ता भएका हुन्। उनी साथीहरूसँग घुमफिरका लागि झरना पुगेका बेला उक्त घटना भएको बताइएको छ।


घटनापछि पन्तको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीले झरनाको आसपास तथा सम्भावित क्षेत्रमा खोजी कार्य तीव्र बनाएका छन्।
हालसम्म पन्तको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। घटनास्थलको भौगोलिक अवस्था तथा झरनामा रहेका खोंचका कारण खोजी कार्यमा चुनौती हुन सक्ने बताइएको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गर्दै खोजी अभियान जारी राखेको जनाएको छ।































