दुई दशकदेखि सौन्दर्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी अमृता कुमारी राना ‘ सहित १० जना सेकेन्ड नेपाल ब्युटिसियन अवार्ड–२०८३’ बाट सम्मानित

Image
Nisarga Hospital

सौन्दर्य तथा ब्युटिसियन क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै महिलालाई सीप, स्वरोजगार र आत्मनिर्भरताको बाटोमा अघि बढाउन योगदान पुर्‍याउँदै आएकी कञ्चनपुरकी अमृता कुमारी राना ‘सेकेन्ड नेपाल ब्युटिसियन अवार्ड–२०८३’ बाट सम्मानित भएकी छन्।

CP Hospital Dhangadhi

मंगलादेवी सिंह फाउन्डेसन र गंगबु ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको संयुक्त आयोजनामा काठमाडौंमा सम्पन्न भएको अवार्ड कार्यक्रममा रानासहित देशका विभिन्न जिल्लामा लामो समयदेखि सौन्दर्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएका १० जना अनुभवी सौन्दर्यकर्मीलाई सम्मान गरिएको हो।

रानालाई सौन्दर्य क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदान तथा महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन गरेको प्रयासको कदर गर्दै सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ। सम्मानपत्रअनुसार उनले विगत दुई दशकदेखि नेपालमा सौन्दर्य क्षेत्रको विकास, बेरोजगार जनशक्तिलाई रोजगारीको अवसर प्रदान तथा विशेषगरी महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी छन्।

nawajiwan

कञ्चनपुरको बेदकोट–सिसैयामा Amrita Beauty Home सञ्चालन गर्दै आएकी रानाले सौन्दर्य सेवासँगै सीप तथा व्यावसायिक दक्षताको माध्यमबाट महिलालाई आत्मनिर्भर बनाउने क्षेत्रमा समेत काम गर्दै आएकी छन्।

Attariya Hospital

काठमाडौंमा आयोजित अवार्ड कार्यक्रममा नेपालकै पहिलो कस्मोटोलोजिस्ट परीसी कारन्जित, विराटनगरकी वरिष्ठ सौन्दर्यविद् सन्तोषी श्रेष्ठ, वीरगञ्जकी गुड्डी जोशी, खगिसरा लामिछाने, मकवानपुर हेटौंडाकी गमला राजभण्डारी, जनकपुरकी लुसीदेवी शाह, बर्दियाकी राधा कुँवर, कञ्चनपुरकि अमृता कुमारी राना ,सुदूरपश्चिमकी निशा सिंह तथा सौन्दर्य कला व्यवसाय सङ्घ ललितपुर जिल्ला अध्यक्ष शारदा मुल्मीलगायत १० जना सौन्दर्यकर्मी सम्मानित भएका थिए।

कार्यक्रममा बागमती प्रदेशकी निवर्तमान मन्त्री हरिप्रभा खड्की प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। उनले महिलाको वास्तविक सशक्तीकरणका लागि आर्थिक आत्मनिर्भरता आवश्यक रहेको बताउँदै सीप, स्वरोजगार र आर्थिक सशक्तीकरणमा सौन्दर्य क्षेत्रले महत्वपूर्ण भूमिका खेलिरहेको धारणा राखेकी थिइन्।

अमृता कुमारी रानाले यो सम्मान दुई दशक लामो सौन्दर्य यात्राको कदर मात्र नभई महिलालाई सीप र रोजगारीमार्फत आत्मनिर्भर बनाउने अभियानको सम्मानका रूपमा समेत लिइकि छु भनेर बताईन ।