अछामको बागभिडि पिपलतोला युवा समूहद्वारा विद्यार्थीलाई निःशुल्क पोशाक र परिचयपत्र वितरण

Image
Nisarga Hospital

अछामः साफेबगर नगरपालिका–२ स्थित श्री बुढीगंगा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बागभिडि पिपलतोला युवा समूहले निःशुल्क विद्यालय पोशाक तथा विद्यार्थी परिचयपत्र वितरण गरेको छ।

CP Hospital Dhangadhi

युवा समूहका संयोजक मनिश बुढाको नेतृत्वमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद विकको अध्यक्षता तथा वडा अध्यक्ष सेत बहादुर कुँवरको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा पूर्व गाविस अध्यक्ष सागर सिंह कुँवर विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

nawajiwan
Attariya Hospital

कार्यक्रममा बैजनाथ प्रहरी चौकीका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेत्र परियारले गरेका थिए।

कार्यक्रममा बोल्दै अतिथिहरूले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई शिक्षामा सहज पहुँच पुर्‍याउन र विद्यार्थीलाई अध्ययनप्रति थप उत्साहित बनाउन यस्ता सहयोग महत्वपूर्ण हुने बताए। युवाहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै शिक्षा क्षेत्रमा गरेको सहयोग प्रशंसनीय रहेको उनीहरूको भनाइ थियो।

युवा समूहको सहयोगपछि विद्यार्थीमा उत्साह थपिएको विद्यालय परिवारले जनाएको छ। विद्यार्थी तथा अभिभावकले सहयोगका लागि युवा समूहप्रति आभार व्यक्त गरेका छन्। कार्यक्रमको संयोजन युवा समूहका संयोजक मनिश बुढाले गरेका थिए।