
अत्तरियाः कैलालीको खानीडाँडास्थित चिप्ले झरनामा हिजोदेखि बेपत्ता भएका डेल्धुराका खगीराज पन्तको शव आज सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी तथा स्थानीयवासीको निरन्तर खोजीपछि फेला परेको छ।

बेपत्ता युवकको खोजीका लागि सुरक्षाकर्मी र स्थानीयवासीले झरना आसपासको क्षेत्रमा निरन्तर खोजी अभियान चलाएका थिए। लामो प्रयासपछि आज शव फेला पारिएको हो।


फेला परेको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी ल्याउने तयारी गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।
घटनाले मृतकका परिवार तथा आफन्तमा गहिरो शोक परेको छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ।






























