इरानमाथि अमेरिकी प्रतिबन्धमा चीन र रुसले साथ नदिने दाबी

Image
Nisarga Hospital

अन्तर्राष्ट्रिय सम्बन्धका शोधकर्ता मोहसेन फरखानीले इरानविरुद्ध अमेरिकाले प्रस्ताव गर्ने नयाँ प्रतिबन्धमा चीन र रुस सहभागी नहुने दाबी गरेका छन्। अलजजिरासँगको कुराकानीमा उनले अमेरिकी प्रयासले अपेक्षित अन्तर्राष्ट्रिय समर्थन पाउन नसक्ने बताएका हुन्।

CP Hospital Dhangadhi

फरखानीका अनुसार चीनका लागि इरान महत्वपूर्ण आर्थिक साझेदार हो। इरानले ठूलो परिमाणमा चीनमा तेल निर्यात गर्दै आएकाले बेइजिङले अमेरिकी प्रतिबन्धलाई समर्थन नगर्ने उनको दाबी छ। उनका अनुसार प्रतिबन्धका बाबजुद इरानले विश्व व्यापारका महत्वपूर्ण समुद्री मार्गमा आफ्नो प्रभाव कायम राखेको छ।

विशेषगरी हर्मुज जलडमरूमध्य र बाब अल–मन्देब क्षेत्रमा इरानसँग प्रभाव प्रयोग गर्ने क्षमता रहेको उनले बताए। यी क्षेत्र विश्वव्यापी ऊर्जा तथा व्यापारका लागि महत्वपूर्ण मानिन्छन्।

nawajiwan
Attariya Hospital

फरखानीले अमेरिकाको सुरक्षा प्रतिबद्धताप्रति क्षेत्रीय मुलुकको विश्वाससमेत घट्दै गएको बताएका छन्। अमेरिका आफ्ना सहयोगीलाई प्रभावकारी सुरक्षा दिन सक्षम र विश्वसनीय नरहेको धारणा बढिरहेको उनको भनाइ छ।

चीन, रुसलगायत महत्वपूर्ण मुलुक सहभागी नभए अमेरिकी नयाँ प्रतिबन्ध प्रभावकारी नहुने र अन्ततः एकपक्षीय प्रतिबन्धमै सीमित हुने फरखानीको निष्कर्ष छ।