बहुवर्षीय ठेक्का छानबिनदेखि सडक सुरक्षा सुधारसम्म, मन्त्री भाटका तीन निर्णय

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ ले पदभार ग्रहणसँगै मन्त्रालय मातहतका बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन गरेका छन्। सोमबार पदभार सम्हाल्दै उनले तीनवटा निर्णयमा हस्ताक्षर गरेका हुन्।

CP Hospital Dhangadhi

मन्त्रालयको प्रादेशिक सडक तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर रामचन्द्र खत्रीको संयोजकत्वमा गठित समितिमा सम्बन्धित महाशाखा प्रमुखहरू सदस्य छन्। समितिलाई बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

लामो समयदेखि अलपत्र रहेका ठेक्काको अवस्थाबारे प्रतिवेदन प्राप्त भएपछि आवश्यक निर्णय लिइने मन्त्री भाटले बताए। वर्षौँसम्म काम अघि नबढ्दा नागरिकले सास्ती खेप्नुपरेको भन्दै उनले सम्बन्धित निर्माण व्यवसायीलाई काममा लगाउने र काम नगर्ने ठेक्का रद्द गर्ने चेतावनी दिए।

nawajiwan
Attariya Hospital

त्यस्तै, कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको राजमार्ग र धनगढी–अत्तरिया सडकमा दुर्घटना न्यूनीकरणका उपाय पहिचान गर्न अर्को समिति गठन गरिएको छ। खत्रीकै संयोजकत्वमा रहेको समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ।

मन्त्री भाटले सडकमा बत्ती जडान, ट्राफिक व्यवस्थापनलगायतका उपायमार्फत दुर्घटना न्यूनीकरण गरिने बताए। उनले सुशासन र पारदर्शितालाई प्राथमिकता दिँदै भूगोल, जनसंख्या र आवश्यकताका आधारमा योजना छनोट गरी बजेट निर्माण प्रक्रिया पनि तीव्र बनाइने प्रतिबद्धता जनाएका छन्।