पारिश्रमिक वृद्धि र सामाजिक सुरक्षा माग्दै पाटनका नगर स्वयंसेवक शिक्षकको ज्ञापन

Image
Nisarga Hospital

बैतडीको पाटन नगरपालिकाका नगर स्वयंसेवक शिक्षकहरूले विभिन्न नौबुँदे माग राख्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। आइतबार नगर प्रमुख गौरीसिंह रावलसमक्ष बुझाइएको ज्ञापनपत्रमा पारिश्रमिक वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्धता र पोशाक भत्तालगायतका माग समेटिएका छन्।

CP Hospital Dhangadhi

नगर स्वयंसेवक शिक्षक समितिका अध्यक्ष राजेन्द्र विष्टले विद्यालयको पठनपाठनमा आफूहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै पारिश्रमिकमा विभेद नगर्न आग्रह गरे। उनले नगर स्वयंसेवक शिक्षकलाई अन्य शिक्षकसरह सम्मान र सुविधाको व्यवस्था गर्नुपर्ने बताए।

शिक्षक हरिप्रसाद भट्टले नगर स्वयंसेवक शिक्षकको अभिलेखीकरण गरी केन्द्रस्तरमा तथ्यांक पठाउनुपर्ने माग गरे। उनले आफूहरूको पहिचान स्थापित गर्न आधिकारिक अभिलेख आवश्यक रहेको बताए। साथै, हाल ‘नगर शिक्षक’ भनिँदै आएको पदलाई ‘नगर अनुदान शिक्षक’ नामकरण गर्नुपर्ने मागसमेत अघि सारिएको छ।

nawajiwan
Attariya Hospital

नगर शिक्षक गोविन्दप्रसाद पन्तले आफूहरूले कुनै राजनीतिक पूर्वाग्रह नराखी शिक्षकको पेशागत हकहितका लागि ज्ञापनपत्र बुझाएको स्पष्ट पारे।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख रावलले चालु आर्थिक वर्षमा नगर स्वयंसेवक शिक्षकको पारिश्रमिक दुई हजार पाँच सय रुपैयाँ वृद्धि गरिएको जानकारी दिए। उनले सम्भव भएसम्म कार्यपालिका र नगरसभाबाट सहमति जुटाएर थप पारिश्रमिक वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता जनाए।