सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कार–ह त्यामा थप एक पक्राउ

Image
Nisarga Hospital

बाराः बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका निवासी प्रदीप खड्का रहेका छन्। उनी विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

जितपुर सिमरा उपमहानगरपालिका–१ मा भदौ २ गते गरिमा मृत अवस्थामा फेला परेकी थिइन्। घरबाट हराएको तीन दिनपछि उनको शव भेटिएको थियो। घटनाको अनुसन्धानका क्रममा प्रहरीले गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको जनाएको छ।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीनबहादुर घलेका अनुसार घटनामा संलग्न भएको आशंकामा हालसम्म प्रदीप खड्कासहित नौ जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरीले पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाउँदै घटनामा वास्तविक रूपमा को–को संलग्न थिए भन्नेबारे थप प्रमाण संकलन गरिरहेको जनाएको छ।

nawajiwan

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले स्थानीयस्तरमा गम्भीर चिन्ता र आक्रोश उत्पन्न गरेको छ। प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही अघि बढाउने जनाएको छ।