राष्ट्र बैंकमा ३४ जनाका लागि करार रोजगारीको अवसर, भदौ २३ सम्म आवेदन

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ३४ जनालाई करार सेवामा नियुक्त गर्न अनलाइन दरखास्त आह्वान गरेको छ। बैंकले रक्षक १, सिपाही ४, हलुका सवारी चालक ७, बस चालक ३, डिस्पेन्सरी २ र कार्यालय सहयोगी १७ पदमा आवेदन मागेको हो।

CP Hospital Dhangadhi

इच्छुक उम्मेदवारले भदौ ९ देखि २३ गतेसम्म राष्ट्र बैंकको वेबसाइटको ‘करियर’ खण्डमा रहेको अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। दरखास्त दिने अन्तिम दिनसम्म उम्मेदवारको उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन दस्तुर ८ सय रुपैयाँ तोकिएको छ।

रक्षक र सिपाही पदमा नेपाली सेनाबाट अनुभवसहित निवृत्तिभरण प्राप्त गरेका तथा सम्बन्धित शैक्षिक योग्यता पूरा गरेका उम्मेदवार आवश्यक पर्नेछ। चालक पदका लागि कक्षा ८ उत्तीर्ण, कम्तीमा सात वर्षको अनुभव र आवश्यक सवारी चालक अनुमतिपत्र चाहिनेछ। डिस्पेन्सरीका लागि स्टाफ नर्स वा डिप्लोमा फार्मेसी उत्तीर्ण गरी पाँच वर्षको अनुभव आवश्यक छ।

nawajiwan
Attariya Hospital

कार्यालय सहयोगीका लागि कक्षा ८ उत्तीर्ण भई सरकारी निकाय, राष्ट्र बैंक वा बैंक तथा वित्तीय संस्थामा काम गरी निवृत्तिभरणसहित अवकाश पाएको हुनुपर्नेछ।

छनोट पदअनुसार लिखित, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताबाट हुनेछ। करार अवधि सुरुमा छ महिना रहनेछ। परीक्षा काठमाडौंमा सञ्चालन हुने बैंकले जनाएको छ।