असई लोकबहादुर खडायत साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित

Image
Nisarga Hospital

कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणले प्रहरी सहायक निरीक्षक (असई) लोकबहादुर खडायतलाई २०८३ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित गरेको छ।

CP Hospital Dhangadhi

कार्यालयले तोकेको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुका साथै विभिन्न प्रहरी तालिममा उत्कृष्ट प्रशिक्षकको भूमिका निर्वाह गरेको, संगठनको नियम, अनुशासन र आचारसंहिताको पूर्ण पालना गर्दै उच्च व्यावसायिकता प्रदर्शन गरेको भन्दै खडायतलाई उत्कृष्ट प्रहरी छनोट गरिएको नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरले जनाएको छ।

Attariya Hospital

खडायत कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियाका स्थायी बासिन्दा हुन्। उनले २०७६ सालमा प्रहरी सहायक निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी सेवामा प्रवेश गरेदेखि नै जिम्मेवारीप्रति प्रतिबद्ध र अनुशासित भएर कार्यसम्पादन गर्दै आएका खडायत पछिल्लो दुई वर्षदेखि नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत छन्।

nawajiwan

विभिन्न जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्नुका साथै तालिम तथा प्रशिक्षणमा समेत योगदान पुर्‍याएको मूल्यांकनका आधारमा उनलाई साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरिएको हो। नेपाल प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहनस्वरूप प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ।