मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

Image
Nisarga Hospital

मोहम्मद जयन्तीका अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीका लागि भोलि बुधबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले आज सूचना जारी गर्दै भदौ १० गते मोहम्मद जयन्ती परेकाले बिदा हुने जनाएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

२०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन सार्वजनिक बिदा दिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार मुस्लिम आयोगले भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी गराएपछि गृह मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

nawajiwan