हेमा श्री फाउन्डेसनद्वारा विद्यार्थीलाई ट्राफिक सचेतना, सुरक्षित सडक निर्माणमा जोड

Image
Nisarga Hospital

अत्तरियाः सडक दुर्घटना न्यूनीकरण तथा विद्यार्थीमा ट्राफिक नियम र सडक सुरक्षासम्बन्धी व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले हेमा श्री फाउन्डेसन नेपालले एकदिने ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

CP Hospital Dhangadhi

कैलाली भिजन स्कुल, गौरीगंगा–६, कठौतिया, बनबेहडाको सहकार्य तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमालाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा विद्यार्थीलाई सडक सुरक्षा, ट्राफिक नियम, सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी दिइएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी ‘बाजे’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमालाका प्रमुख किसन चन्द, विद्यालयका प्रधानाध्यापक ध्वजबहादुर बोगटी, समैजी सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष साबित्रा कुँवर, लेखापाल पूर्ण बमसहित शिक्षक–शिक्षिका र विद्यार्थीको सहभागिता थियो।

प्रशिक्षक किसन चन्दले सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, सवारीसाधनमा यात्रा गर्दा सुरक्षा उपाय, हेल्मेटको अनिवार्य प्रयोग, तीव्र गतिबाट हुने जोखिम तथा ट्राफिक नियम पालनाका विषयमा प्रशिक्षण दिएका थिए। उनले पैदलयात्रीले समेत सडक अनुशासन पालना गर्नुपर्नेमा जोड दिँदै विद्यालयबाट सिकेको ज्ञान विद्यार्थीले परिवार र समाजसम्म पुर्‍याउनुपर्ने बताए।

कार्यवाहक अध्यक्ष जोशीले विद्यालय तहदेखि नै बालबालिकालाई सडक सुरक्षाबारे सचेत बनाउन सके दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताए। प्रधानाध्यापक बोगटीले कार्यक्रमले विद्यार्थीमा जिम्मेवारी, अनुशासन र सुरक्षित यात्रासम्बन्धी व्यवहारिक ज्ञान बढाएको बताए।

कार्यक्रमको सञ्चालन फाउन्डेसनका सदस्य सत्यराज जोशीले गरेका थिए। सहभागीहरूले कार्यक्रमले सुरक्षित सडक, जिम्मेवार नागरिक र दुर्घटनामुक्त समाज निर्माणका लागि सकारात्मक सन्देश दिएको बताएका छन्।

Dhnagadhi & Krishanapur