फूलबुट्टे सारीमा’ तीज गीतको आकर्षक म्युजिक भिडियो सार्वजनिक

Image
Nisarga Hospital

हरितालिका तीजको अवसरलाई लक्षित गर्दै जनु कुँवर (जनुका श्रेष्ठ)को स्वर तथा शब्दमा तयार पारिएको आकर्षक तीज गीत ‘फूलबुट्टे सारीमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा नारीको भावना, आत्मसम्मान, प्रेम, आस्था र सांस्कृतिक एकतालाई आत्मीय ढंगले प्रस्तुत गरिएको छ।

CP Hospital Dhangadhi

गीतमा तीर्थराज पोखरेलको संगीत, सञ्जय श्रीपालको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ र रमेश नेपालीको रेकर्डिङ रहेको छ। मुरचुङ्गा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा बिमला परियार र श्रद्धा दियालीको कोरस स्वर छ। बाँसुरीमा गोपाल देव, सहनाईमा शिशिर परियार, मादल तथा पर्कसनमा पोषणराज घर्ती मगर र गिटारमा अनुप दासले साथ दिएका छन्।

भिडियोमा सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन डा. शेरबहादुर कुँवरसहित जनु कुँवर, सुशीला थापा र बिना विश्वकर्माको अभिनय रहेको छ। डा. कुँवरले गीतले तीजको व्रत, शिव–पार्वतीप्रतिको श्रद्धा, दाम्पत्य प्रेम र नारी मनका भावना मिठासपूर्ण रूपमा उजागर गरेको बताएका छन्।

nawajiwan
Attariya Hospital

मौलिक संस्कृति र तीजको भावनालाई जीवन्त बनाउने प्रयास गरिएको यो गीतले दर्शक–श्रोताको मन जित्दै नयाँ उचाइ हासिल गर्ने विश्वास गरिएको छ।