बिदेशबाट नेपालमा घर खर्चका लागि पैसा पठाउदै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बिदेशी मुन्द्रा बिनिमयदर

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा कायम गरिएको छ। युरो एकको खरिददर १७७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४८ पैसा तथा पाउन्ड स्ट्रलिङको खरिददर २०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २०८ रुपैयाँ ६७ पैसा तोकिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

यस्तै, स्विस फ्र्याङ्क १८९ रुपैयाँ ८५ पैसा, अस्ट्रेलियन डलर १०८ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ९७ पैसा र सिङ्गापुर डलर ११९ रुपैयाँ ९५ पैसा खरिददरमा छन्। जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन २२ रुपैयाँ ६८ पैसा, साउदी रियाल ४० रुपैयाँ ५८ पैसा र कतारी रियाल ४१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।