रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी र ६२ नेपाली

Image
Nisarga Hospital

रसुवामा आएको भीषण बाढीपछि ४०३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३४१ जना विदेशी र ६२ जना नेपाली पर्यटक रहेका छन्। बाढीका कारण सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएपछि उनीहरूको अवस्थाबारे तत्काल जानकारी लिन कठिनाइ भएको जनाइएको छ।

CP Hospital Dhangadhi

पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन पर्यटकमध्ये २०३ जना पुरुष र २०० जना महिला रहेका छन्। विदेशी पर्यटकतर्फ सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। भारतका १३३ जना पर्यटक सम्पर्कविहीन भएको बोर्डले जनाएको छ।

त्यसैगरी अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना पर्यटक सम्पर्कविहीन छन्। युक्रेनका ७, दक्षिण अफ्रिकाका ६, सिंगापुरका ६, न्युजिल्यान्डका ५, जापानका ५, जर्मनीका ४, फ्रान्सका ३ तथा स्पेनका २ जना पर्यटक पनि सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

nawajiwan
Attariya Hospital

बाढीका कारण रसुवाको उत्तरी क्षेत्रमा सडक, सञ्चारलगायत महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ। सडक तथा सञ्चार सम्पर्क प्रभावित हुँदा उद्धार र खोजी कार्यमा समेत चुनौती थपिएको छ। सम्पर्कविहीन पर्यटकको अवस्था पत्ता लगाउन सम्बन्धित निकायले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने प्रयास गरिरहेका छन्।

बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको सुरक्षित उद्धार, अवस्थाबारे जानकारी संकलन तथा आवश्यक राहत व्यवस्थापनका लागि सरकारी निकाय र सम्बन्धित संस्थाबीच समन्वय भइरहेको जनाइएको छ। सम्पर्कविहीन पर्यटकको यकिन अवस्था खुलेसँगै थप विवरण सार्वजनिक गरिने अपेक्षा गरिएको छ।