आज देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

nawajiwan
Attariya Hospital

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मधेससहित विभिन्न प्रदेशका तराई क्षेत्रमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग र लुम्बिनीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।