
प्राकृतिक बिपत्ति सोधेर आउदैन यो तितो यथार्थ हो तर न्यूनीकरण भने अबस्य गर्न सकिन्छ नेपाल समारिक दृस्ठिकोण बाट एक देब भुमी हो यहाँ ज्ञान ध्यान जप तप यज्ञ यज्ञादी हवन अनुष्ठान हुनु पर्ने परापुर्ब चलन हो । तर देश यति बिघ्न बिज्ञानका नजिक पुग्यो कि यी उल्लेखित बिचार वा कार्य बुर्जुवा लाग्न थाल्यो समाज बिकास को बाधक देख्न थाल्यो परिणामहरु हरेक बर्ष सबैले देखेकै भोगेकै छन खैर यी त थिए पस्च्गामी बिचार दुख्द कुरा दुरगामी बिचारले पनि खासै असर पारेन बस्ती बिकास योजना कसै एक जना संग छैन योजना के चिन्तन नै छैन मानिस अधम भएका छन ।


जहाँ नबस्नु भन्यो त्या सरकार का कान बाट तेल आउनजेल बल लागयर अतिक्रमण गरेर बस्छन कानुन को अवज्ञा गर्नु सक्नु हाम्रो महानता हुन थाल्यो जस्का परिणामहरु विभिन्न तरिका ले सबैले भोगेकैछन प्राकृतिक रुपले जस्तो स्वरुपहरु छन तिनिहरु मा धेरै तोडमोड नहुनु पर्थ्यो पछिल्लो बिकास का असफल गतिविधिका कारण आज देश चुर्लुम्म डुब्ने अव्स्थामा पुग्यो यो त पहाड को कहाली लाग्दो कहर थियो अझै तराइ को कहर बाकी नै छ घाम शीत पानी सबै करिब ३/३ महिना पछि निरन्तर लडाइ जारी हुन्छ तर सरकार र संचालकहरु केही लाइ फरक पर्दैन ।
जीवन फेरि यता तिर आयर राम भरोसे चलेकै हुन्छ यहि योजना गतिविधि वा बिचार ले यो देश बन्दैन २/३ बर्षको अन्तरालमा भयानक प्राकृतिक बिपती १०/१० बर्षको अनतराल मा राजनितिक बिपत्ती देश बन्ने कुनै आधार छैन यो साच्चिकै सतिले सरापेको देश हो मानिस भित्रको नियम धर्म अनुसासन संस्कार सबै यी नदिहरुमा बगेर भारत तिर गए भने नेपालको सुनौलो भबिस्य पनि यिनै नदिमा बगरे भारत हुँदै बङालको खाडी मा पुग्यो चेत कसैको खुलेको छैन सबै प्रथम हुने तछडमछाडमा लिप्त छन सबै लाई सम्राट हुने महत्वाकांक्षा जिबित छ भगवान ले सबैको कल्याण गरून् यो ठूलो महाबिपती मा हताहत भएका सबैको भगवानले रक्षा गरून् ज्यान गुमायका हरु प्रती हार्दिक श्रद्धा सुमन भाइचारा लाई पुनःस्थापन गरौ सहयोग गरौ राज्य र राज्य भित्रका नागरिक बचाउ तब मात्रै सबै बच्ने छौ । सबैको जय होस !!!































