रसुवा बाढी : ८२६ जना सम्पर्कविहीन, ५७९ पर्यटक

Image
Nisarga Hospital

रसुवामा आएको भीषण बाढीपछि ८२६ जना सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली तथा विदेशी नागरिकको ठूलो संख्या सम्पर्कविहीन भएको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन्। त्यस्तै, बाढीपछि ५७९ जना पर्यटक पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

यसैगरी रसुवाका १६१ जना र नुवाकोटका एक जना सम्पर्कविहीन रहेको प्रहरीको बुलेटिनमा उल्लेख छ। बाढीबाट प्रभावित क्षेत्रमा सडक तथा सञ्चार सम्पर्कमा समेत ठूलो अवरोध आएपछि सम्पर्कविहीनको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको जनाइएको छ।

nawajiwan
Attariya Hospital

सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय परिचालन भएका छन्। प्रभावित क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।

बाढीका कारण विभिन्न स्थानमा सडक, पुल तथा सञ्चार संरचनामा क्षति पुगेकाले उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्नसमेत कठिनाइ भइरहेको छ। प्रहरीले सम्पर्कविहीनको विवरण संकलन तथा खोजी कार्य जारी रहेकाले संख्या थपघट हुन सक्ने जनाएको छ। प्रभावित परिवार तथा आफन्तलाई आधिकारिक सूचनाको प्रतीक्षा गर्न आग्रह गरिएको छ।