भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकले ५ करोड दिने

Image
Nisarga Hospital

ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

CP Hospital Dhangadhi

बैंकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाएको छ। बाढीका कारण सयौँ नागरिकको मृत्यु, कैयौँ बेपत्ता तथा धेरै परिवार विस्थापित भएको उल्लेख गर्दै बैंकले विपद्को यस घडीमा सहयोग उपलब्ध गराउने जनाएको हो।

बैंकका अनुसार सहयोग रकमबाट बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न तथा अस्थायी बासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुग्नेछ।

nawajiwan
Attariya Hospital

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि बाढी, पहिरो, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक र मानवीय सहायता गर्दै आएको जनाएको छ।

बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको बताएको छ। मुलुकका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक रहेको ग्लोबल आइएमईका ३४१ शाखा, ३६८ एटीएम र देशभर १ हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।