रसुवा बाढीका पीडितलाई उद्धार र सहयोग गर्न साउदीसँग मन्त्री यादवको अपिल

Image
Nisarga Hospital

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता भएको छ।

CP Hospital Dhangadhi

भेटका क्रममा मन्त्री यादवले हिजो रसुवामा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति ध्यानाकर्षण गराउँदै उद्धार तथा राहत कार्यका लागि साउदी सरकारसँग सहयोगको अपिल गर्नुभएको छ।

Attariya Hospital

मन्त्री यादवले विक्रम संवत् २०७२ को विनाशकारी भूकम्पपछिकै यो सबैभन्दा ठूलो विपद् भएको उल्लेख गर्दै बाढीका कारण सयौँ मानिसले ज्यान गुमाएको र ठूलो भौतिक क्षति भएको जानकारी दिनुभयो। विपद्को यस कठिन घडीमा पीडितहरूको तत्काल उद्धार, राहत तथा पुनर्नर्मार्णका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउँदै उहाँले साउदी अरबका परराष्ट्रमन्त्रीसमक्ष मानवीय सहयोगका लागि आग्रह गर्नुभयो।

nawajiwan

भेटवार्तामा दुई देशबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यका विविध विषयमा समेत छलफल भएको छ।