गोदावरी नगरपालिकाद्वारा बाढी प्रभावितका लागि २ दिनको पारिश्रमिक सहयोग, सम्पर्कमा आउन अपील

Image
Nisarga Hospital

गोदावरी नगरपालिकाले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि विशेष सहयोगको घोषणा गरेको छ। नगरपालिकाले विज्ञप्ति जारी गर्दै बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाका अनुसार बाढीपीडितलाई सहयोग गर्न नगरपालिकाका सम्पूर्ण पदाधिकारी तथा कर्मचारीले आफ्नो सेवा, सुविधा र पारिश्रमिकबाट दुई दिन बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

यस्तै, प्रभावित जिल्लामा रहेका गोदावरी नगरबासीमध्ये परिवार तथा आफन्तको सम्पर्कमा नआएका व्यक्तिबारे तत्काल नगरपालिकालाई जानकारी गराउन आग्रह गरिएको छ।

nawajiwan
Attariya Hospital

नगरपालिकाले हराइरहेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धारमा सहयोग गर्न उद्योगी, व्यवसायी, शिक्षक, कर्मचारी, समाजसेवी तथा नागरिक समाजलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेको छ।

नगरपालिकाले विपद्को समयमा सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको भन्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक पहल गरिने जनाएको छ।