बाढी प्रभावित चीनतर्फ प्रधानमन्त्री लि छ्याङ पुगे

Image
Nisarga Hospital

चीनका प्रधानमन्त्री लि छ्याङ बाढीपहिरो प्रभावित चीनतर्फको सीमा क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी आज प्रभावित क्षेत्रमा पुगेका हुन्।

CP Hospital Dhangadhi

बुधबार नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ करिब १०० चिनियाँ नागरिक बेपत्ता रहेको चीनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको प्रभावित क्षेत्रमा करिब १०० चिनियाँ नागरिक सम्पर्कविहीन रहेको जानकारी दिएका हुन्।

यता, चीनतर्फ बिहीबार बिहान ८ बजेसम्म बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको, ५५८ जना बेपत्ता रहेको र दुई स्थानीय गाउँलेको उद्धार गरिएको जनाइएको छ।

nawajiwan
Attariya Hospital

बाढीपहिरोबाट चीनको तिब्बतस्थित चिल्लोङ बन्दरगाह क्षेत्रसमेत प्रभावित भएको छ। चिनियाँ अधिकारीहरूले उद्धार तथा राहत कार्यलाई तीव्र बनाउँदै प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, उद्धार टोली तथा आवश्यक उपकरण परिचालन गरेका छन्।

सम्भावित थप बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै चिनियाँ पक्षले प्रभावित क्षेत्रको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ। नेपालतर्फ बेपत्ता चिनियाँ नागरिकको खोज तथा उद्धारमा समेत आवश्यक समन्वय भइरहेको बताइएको छ।