नेपालका बाढीपीडितलाई बेलायतले १ अर्ब रुपैयाँ सहयोग गर्ने

Image
Nisarga Hospital

नेपालका बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि बेलायत सरकारले ५ मिलियन पाउण्ड अर्थात् करिब १ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने भएको छ। बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले नेपाललाई उक्त सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन्।

CP Hospital Dhangadhi

नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बर्नह्यामले विपद्को अवस्था हृदयविदारक र अत्यन्त दुःखद् भएको बताएका छन्। उनले बाढीमा परी ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

संकटको यस घडीमा बेलायत सरकार नेपालसँगै रहेको उल्लेख गर्दै उनले नेपाल सरकारलाई आवश्यक सहयोग गर्न आफ्नो सरकार सधैँ तयार रहेको बताएका छन्।

nawajiwan
Attariya Hospital

बेलायती प्रधानमन्त्रीका अनुसार नेपालमा आएको विपद्प्रति अन्तर्राष्ट्रिय समुदायको समेत गम्भीर चासो रहेको छ। विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइरहेका छन्।

बेलायतबाट प्राप्त हुने सहयोग बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपालमा आएको विनाशकारी बाढीपछि मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग र ऐक्यबद्धता व्यक्त गर्ने क्रम बढेको छ।