नेपालमा बाढीपछि ९१० जना बेपत्ता, २५८ शव फेला

Image
Nisarga Hospital

नेपालमा आएको विनाशकारी बाढीपछि ९१० जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उनीहरूसँग हालसम्म सम्पर्क हुन नसकेको प्राधिकरणले जानकारी दिएको हो।

CP Hospital Dhangadhi

प्राधिकरणका अनुसार बेपत्ता हुनेमा ५१७ जना विदेशी नागरिक, नेपाली सेनाका ४४ जना र नेपाल प्रहरीका २८ जना रहेका छन्। बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन छन्।

प्राधिकरणले हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट २५८ जनाको शव फेला परेको जनाएको छ। यस्तै, ३५१ जनाको उद्धार गरिएको जानकारी दिएको छ।

nawajiwan
Attariya Hospital

यसअघि नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणमा बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या २८९ पुगेको उल्लेख थियो। सरकारी निकायबाट सार्वजनिक तथ्यांकमा फरक देखिएकाले क्षतिको विवरण अद्यावधिक हुने क्रम जारी रहेको छ।

बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित विभिन्न सरकारी संयन्त्र परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका कामलाई समेत प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिएका छन्।