रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

Image
Nisarga Hospital

कञ्चनपुर : रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुर उद्योग वाणिज्य संघले ५ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

CP Hospital Dhangadhi

विपद प्रभावित नागरिकहरुको उद्धार,राहत र व्यवस्थापनमा थप सहयोग पु¥याउने उद्देश्यले संघले राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको संघका महासचिव राहुल भट्टले जानकारी दिए । संघले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको भन्दै राहत रकम उपलब्ध गराउन लागेको उनले बताए ।

“संघको तर्फबाट र पदाधिकारीहरु तथा कार्यसमिति सदस्यको सहयोगबाट संकलन पाँच लाख पच्चिस हजार रकम प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका सहयोग गर्ने निर्णय गरेका छौ ।” महासचिव भट्टले भन्नुभयो–“निजी क्षेत्रको सहयोगले विपद्का कारण समस्यामा परेका परिवारलाई तत्कालीन राहत तथा आवश्यक सामग्री व्यवस्थापनमा केही सहजता पुग्ने अपेक्षा गरेका छौ ।”

nawajiwan
Attariya Hospital

मुलुकमा प्राकृतिक विपद्का कारण ठुलो जनधनको ठूलो क्षति भइरहेका बेला प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले संघले राहत रकम प्रदान गरेको भट्टले बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघले विपद् तथा मानवीय संकटका बेला आवश्यक सहयोग गर्दै आएको छ । त्यसैगरी बिहिबार बसेको संघको बैठकले महिला उद्यम समिति गठन गरेको छ । संघका कार्यसमिति सदस्य सरिता भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।