नेपालमा बाढी–पहिरोपछि अमेरिकाको सहयोग घोषणा, ट्रम्पद्वारा आवश्यक सबै सहायता दिने प्रतिबद्धता

Image
Nisarga Hospital

अमेरिकाले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्राकृतिक विपत्तिबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सबै प्रकारको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।

CP Hospital Dhangadhi

नेपालमा आएको भीषण बाढी र पहिरोका कारण हालसम्म करिब ४०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने झन्डै एक हजार मानिस अझै बेपत्ता रहेको बताइएको छ। विपद्का कारण बलिया तथा मजबुत संरचनासमेत क्षतिग्रस्त भएका छन्।

राष्ट्रपति ट्रम्पले नेपाल सरकारसँग सम्पर्क गरी आवश्यक सहयोगका लागि प्रस्ताव गरिएको जानकारी दिएका छन्। उनले नेपालमा भएको विनाश अत्यन्तै भयावह रहेको उल्लेख गर्दै प्रभावित क्षेत्रमा आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन्।

nawajiwan
Attariya Hospital

ट्रम्पले शक्तिशाली बाढीका कारण मजबुत भवनसमेत क्षणभरमै बगाएको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले नेपालले सामना गरिरहेको विपत्तिलाई गम्भीर रूपमा लिइएको जनाउँदै आवश्यक सहयोगका लागि अमेरिकी सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

यसैबीच, अमेरिकी अधिकारीहरूले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्था र सुरक्षाबारे जानकारी लिने प्रयास गरिरहेका छन्। उद्धार तथा राहत कार्यमा आवश्यक समन्वयका लागि सम्बन्धित निकायसँग सम्पर्क भइरहेको जनाइएको छ। अमेरिकी सहयोगले विपद्बाट प्रभावित नेपालमा राहत तथा पुनःस्थापनाका प्रयासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।