‎रसुवा बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको १ लाख सहयोग

Image
Nisarga Hospital

सुदूरपश्चिम:
रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ  ।

‎गत भदौ १० गते आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि पीडितको सहयोगका लागि समाजले आपतकालीन बैठक बोलाएर सहयोग गर्ने निर्णय गरेको समाजका केन्द्रीय सचिव रमेश सिंह ऐरले जानकारी दिनुभयो ‌।

‎बिहीबार बिहान बसेको समाजको आपतकालीन बैठकले बाढीपीडितको उद्धार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले समाजको तर्फबाट १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको समाजका केन्द्रीय सचिव ऐरले जानकारी दिनुभएको छ ‌।

‎समाजले विपद्को यस कठिन घडीमा बाढीपीडितको सहयोगका लागि आफूले सक्ने सहयोग गर्न सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक अपिल समेत गरेको छ ।

‎सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले प्राकृतिक विपद्का बेला मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै पीडित नागरिकको साथमा उभिएको जनाएको छ ‌। समाजले सबैलाई एकजुट भई बाढीपीडितको उद्धार तथा राहत अभियानमा हातेमालो गर्न आग्रह गरेको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital