रसुवा बाढी : मृतकको संख्या ४६९ पुग्यो, ९७७ जना अझै बेपत्ता

Image
Nisarga Hospital

रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या ४६९ पुगेको छ। गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (NEOC) ले शुक्रबार बिहान ७ः३० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९७७ जना अझै बेपत्ता छन्। विपद्मा परी ७३ जना घाइते भएका छन् भने हालसम्म ३ हजार २५३ जनाको जीवितै उद्धार गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

मन्त्रालयका अनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा १७८, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ शव फेला परेका छन्।

बेपत्ता ९७७ जनामध्ये विदेशी नागरिक ५१७, विदेशमा बसोबास गर्ने नेपाली १२७, नेपाली सेना ४५, नेपाल प्रहरी २८ र सशस्त्र प्रहरीका १३ जना छन्। यस्तै रसुवाका १६१ र मकवानपुरका ६६ स्थानीय तथा भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार कर्मचारीसमेत सम्पर्कविहीन छन्।

उद्धार तथा राहतका लागि देशभर ९ हजार ४०५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ४ हजार २४३, नेपाल प्रहरीका ३ हजार ३१८ र सशस्त्र प्रहरी बलका १ हजार ८४४ जना छन्। उद्धार अभियानमा नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ हेलिकप्टर प्रयोग भइरहेका छन्।

🔴 मृत्यु : ४६९ जना

  • चितवन : १७८
  • नवलपरासी पूर्व : ११०
  • गोरखा : ४४
  • नुवाकोट : ३७
  • धादिङ : ३३
  • तनहुँ : २८
  • नवलपरासी पश्चिम : २७
  • रसुवा : १२

🟠 बेपत्ता : ९७७ जना

  • विदेशी नागरिक : ५१७
  • विदेशमा बस्ने नेपाली : १२७
  • रसुवाका स्थानीय : १६१
  • मकवानपुरका स्थानीय : ६६
  • नेपाली सेना : ४५
  • नेपाल प्रहरी : २८
  • सशस्त्र प्रहरी : १३
  • भन्सार कार्यालयका कर्मचारी : १५
  • अध्यागमन कार्यालयका कर्मचारी : ४

🟢 घाइते : ७३ जना

  • रसुवा : ४३
  • अन्य प्रभावित जिल्लासहित : ३०

🔵 जीवित उद्धार : ३,२५३ जना

🚨 सुरक्षाकर्मी परिचालन : ९,४०५ जना

  • नेपाली सेना : ४,२४३
  • नेपाल प्रहरी : ३,३१८
  • सशस्त्र प्रहरी : १,८४४

🚁 उद्धारमा हेलिकप्टर : १५ वटा

  • नेपाली सेना : ६
  • निजी क्षेत्र : ९

उद्धार, खोजी तथा राहत कार्य प्रभावित क्षेत्रमा निरन्तर जारी रहेको मन्त्रालयले जनाएको छ।