रसुवाको बाढीमा ४ सयभन्दा बढी कन्टेनर ट्रक बेपत्ता, १ हजारभन्दा बढी सम्पर्कविहीन

Image
Nisarga Hospital

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका र त्रिशूली करिडोर क्षेत्रमा कन्टेनर ट्रक व्यवसायमा ठूलो क्षति पुगेको व्यवसायीहरूले बताएका छन्। बाढीमा ४ सयभन्दा बढी कन्टेनर ट्रक र चालक, सहचालक, मजदुर तथा व्यापारी गरी १ हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले जानकारी दिए।

CP Hospital Dhangadhi

उनका अनुसार संघमा ९ सय ६६ कन्टेनर दर्ता छन्। बाढीअघि करिब १ सय ७५ गाडी सामान लिन केरुङ गएका थिए। तीमध्ये धेरैको अवस्था अझै अज्ञात छ। नुवाकोटको बेत्रावतीमा पार्किङ गरिएका करिब १ सय १५ कन्टेनरमध्ये ३०–४० वटा त्रिशूली नदीले बगाएको उनले बताए।

Attariya Hospital

सापकोटाले भन्सार र चेकपोस्टको अव्यावहारिक नियम तथा ढिलासुस्तीले क्षति थप बढाएको आरोप लगाए। उनका अनुसार भन्सार प्रक्रिया पूरा गरेका गाडीलाई समेत धुन्चे चेकपोस्टले बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्र चल्न दिँदा ७०–८० वटा गाडी सडक किनारमा तीन–चार दिनसम्म रोकिएका थिए। त्यही क्रममा बाढी र पहिरोले गाडी बगाएको व्यवसायीको दाबी छ।

nawajiwan

व्यवसायीहरूले बेपत्ता चालक, सहचालक तथा मजदुरको तत्काल खोजी र उद्धार गर्न सरकारसँग माग गरेका छन्। साथै, क्षतिको यकिन विवरण संकलन गरी प्रभावित व्यवसायीलाई राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न पनि आग्रह गरेका छन्।