भोटेकोशी बाढीपछि ६२२ पर्यटक अझै सम्पर्कविहीन, खोजी तथा उद्धार तीव्र

Image
Nisarga Hospital

रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका ७४३ पर्यटकमध्ये हालसम्म १२१ जनाको उद्धार गरिएको छ भने ६२२ जना अझै सम्पर्कविहीन रहेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड तथा कैलाश मानसरोवर गएका स्वदेशी तथा विदेशी पर्यटकसँग अझै सम्पर्क हुन सकेको छैन।

CP Hospital Dhangadhi

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार सम्पर्कविहीनमध्ये नेपालका १४९, भारतका ९८, अमेरिकाका ६५, युक्रेनका ६१, मलेसियाका ५१ र चीनका आठ जना रहेका छन्। साथै अष्ट्रेलिया, बेलायत, क्यानडा, लाटभियालगायत ३६ देशका पर्यटक पनि सम्पर्कविहीन छन्।

हालसम्म उद्धार गरिएकामध्ये भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ तथा अमेरिका, रुस र इटालीका दुई/दुई जना छन्। बेल्जियम, पोर्चुगल, स्पेन, बुल्गेरिया र स्वीट्जरल्याण्डका एक/एक जनाको पनि उद्धार गरिएको बोर्डले जनाएको छ।

nawajiwan
Attariya Hospital

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा अन्य सरोकारवाला निकायले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र बनाएका छन्। घाइते तथा अलपत्र पर्यटकलाई सुरक्षित स्थानमा ल्याउने प्रयास जारी रहेको बोर्डले जनाएको छ।

बोर्डले पर्यटकको सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दै धैर्य र सतर्क रहन आग्रह गरेको छ। जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने जनाएको छ।