अत्तरिया हस्पिटलद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख २५ हजार ५५५ रुपैयाँ सहयोग

Image
Nisarga Hospital

अत्तरियाः  रसुवामा आएको बाढीका कारण भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै अत्तरियामा रहेको अत्तरिया हस्पिटल २ लाख २५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गरेको हो।

CP Hospital Dhangadhi

हस्पिटलले दुःखको यस घडीमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाएको छ।

अस्पतालले विपद्को समयमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै गरेको सहयोगले मानवता र सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धता झल्काउने बताएको छ।

अत्तरिया हस्पिटलले आफूलाई ‘सेवामा समर्पित, जीवन बचाउन प्रतिबद्ध’ संस्थाका रूपमा प्रस्तुत गर्दै आएको छ। अस्पताल परिवारले विपद्का बेला पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्नसमेत आग्रह गरेको छ।