भोटेकोशी बाढीबाट प्रभावितलाई धनगढी डान्स च्याम्पियनसिपकी विजेता परिधि दहालले गरिन ११,१११ आर्थिक सहयोग

Image
Nisarga Hospital

यहि भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै धनगढी डान्स च्याम्पियनसिपकी विजेता परिधि दहालले आर्थिक सहयोग गरेकी छन ।

CP Hospital Dhangadhi

शनिबार दहालले प्रभावित नागरिकको उद्धार,राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ११,१११ जम्मा गरेकी हुन । धनगढीको बाल्मीकी इनटरनेसनलमा कक्षा ६ मा अध्ययनरत परिधीले गतवर्ष धनगढी डान्स च्याम्पियनसिपको उपाधि जितेकी थिइन । त्यो समयपनि उपाधि जित्दा प्राप्त रकमको केहि हिस्सा धनगढीको मानवसेवा आश्रम लयायतका संघ संस्थामा छोरीले सहयोग गरेको परिधिकी आमा राधा मिश्र दहालले बताइन ।

Attariya Hospital

भोटेकोशी नदीमा आएको बाढीमा परी ठूलो जनधनको क्षति भएको छ।नेपाल प्रहरीले हालसम्म बाढीमा परी ६५० जना भन्दा बढीको शव फेला परेको जनाएको छभने बाढीमा फसेका सर्यौ नागरिकको जिवितै उद्धार गरेको छ । प्रभावित क्षेत्रमा उद्धार,राहत तथा पुनःस्थापनाको काम अझै आवश्यक रहेको गृहमन्त्रालयले जनाइएको छ।

nawajiwan