कञ्चनपुरमा अनुमतिबिनै नेपाल प्रवेश गरेका दुई भारतीय प्रहरी नियन्त्रणमा

Image
Nisarga Hospital

कञ्चनपुरः नेपाल प्रहरीले कञ्चनपुरको दोधारा चाँदनीबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो कर्नाटकबाट आएका असईसहित दुई भारतीय प्रहरीलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

उनीहरू दोधारा चाँदनीका शंकर लुहारलाई पक्राउ गर्ने उद्देश्यले उनको घरसम्म पुगेका थिए। नेपाल प्रहरीसँग समन्वय वा पूर्वअनुमति नलिई नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिकलाई पक्राउ गर्न खोजेको सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले दुवै जनालाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नियन्त्रणमा राखिएको पुष्टि गरे। उनका अनुसार घटनाबारे माथिल्लो प्रहरी निकायलाई जानकारी गराइएको छ।

nawajiwan

प्रहरीका अनुसार माथिल्लो निकायबाट प्राप्त निर्देशनका आधारमा उनीहरूमाथि थप प्रक्रिया अघि बढाइनेछ। प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीसँग कुनै समन्वय नगरी नेपाली भूमिमा प्रवेश गर्नेमा कर्नाटक प्रहरीका असई सतिश एमआर र जवान अल्फाब आरएस रहेका छन्। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।