भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा अझै ८९८ जना सम्पर्कविहीन, ३६१ जनाको उद्धार

Image
Nisarga Hospital

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजना क्षेत्रमा ठूलो मानवीय संकट निम्त्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार बाढीबाट प्रभावित आयोजनामा कार्यरत तथा फसेका ८९८ जना अझै सम्पर्कविहीन छन् भने ३६१ जनाको उद्धार गरिएको छ।

CP Hospital Dhangadhi

बाढीले रसुवाका सात र नुवाकोटका छ गरी १३ वटा जलविद्युत् तथा ऊर्जा आयोजना प्रभावित भएका छन्। उद्धार गरिएकामध्ये सबैभन्दा धेरै माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट २५४ जना छन्। त्यस्तै, लाङटाङ खोला आयोजनाबाट १८ र माथिल्लो त्रिशूली–३बीबाट ९१ जनाको जीवितै उद्धार गरिएको छ।

माथिल्लो त्रिशूली–१ को सुरुङमा अझै करिब ३०० जना फसेको अनुमान गरिएको छ। सुरुङमा बाढीले ल्याएको लेदो र माटो थुप्रिँदा उद्धार निकै चुनौतीपूर्ण बनेको छ। फसेकाहरूको उद्धारमा सहयोग गर्न चीनबाट समेत विज्ञ टोली नेपाल आइपुगेको छ।

nawajiwan
Attariya Hospital

रसुवामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोशी, माथिल्लो मैलुङ–ए, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला आयोजना प्रभावित छन्। नुवाकोटमा त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ए/३बी, मिडिल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजना प्रभावित भएका छन्।

सम्पर्कविहीनको खोजी तथा सुरुङमा फसेकाहरूको उद्धारलाई प्राथमिकता दिँदै सुरक्षा निकाय, प्राविधिक तथा उद्धार टोली परिचालन भइरहेका छन्।

अनलाईन खबर बाट केही शब्द साभार