भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

Image
Nisarga Hospital

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ। ग्रुपअन्तर्गतका ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, डिसहोम, चन्द्रागिरी हिल्स, आइएमई मोटर्स, खल्ती, आइएमई फाउन्डेसनलगायत कम्पनीमार्फत उक्त सहयोग उपलब्ध गराइनेछ।

CP Hospital Dhangadhi

यस्तै, ग्रुपअन्तर्गत कार्यरत कर्मचारीका तर्फबाट एक दिनको तलब बराबरको रकम समेत सहयोग गरिने जनाइएको छ। विदेशबाट नेपालमा रकम पठाउँदा निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराउनुका साथै खल्ती वालेटमार्फत सरकारी कोषमा निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।

Attariya Hospital

आइएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोगसमेत उपलब्ध गराउने प्रतिबद्धता ग्रुपले जनाएको छ। बाढीबाट बेपत्ता भएकाको खोजी, घाइतेको उपचार, प्रभावितलाई खाद्यान्न उपलब्ध गराउने तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको हो।

nawajiwan

ग्रुपले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।