ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् भदौ १४ गते आइतबारको दैनिक राशिफल

Image
Nisarga Hospital

राशिफल १३ भाद्र २०८३ शनिवार

CP Hospital Dhangadhi

मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ अवसरको पूर्ण लाभ लिन सक्नुहुनेछ। मेहनतले समस्याहरू सुल्झिनेछन्। आफ्नो कमी कमजोरी सुधार्ने समय रहेको छ। स्वादिष्ट भोजन को आनन्द मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

वृष
Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आफ्नो अनुकूलतामा सबै कार्य सम्पादन गर्न सकिनेछ। बोलिको माध्यमले कार्य सिद्ध हुनेछन्। तपाईँको विचारको सम्मान हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

घरपरिवारमा मेलमिलापको वातावरण बन्नेछ। विश्वासपात्रको सहयोग मिल्नाले आत्मबल बढ्नेछ। समाजमा मानसम्मान पाइएला। सकेसम्म यात्रा नगर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट
Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

गोप्य योजनाहरू सफल बन्नेछन्। आसमर्दो कार्य बन्नाले नयाँ कार्यतर्फ मन लाग्नेछ। सन्तानबाट शुभ समाचार पाइनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कार्यक्षेत्रमा नयाँ जिम्मेबारी थपिनेछ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

कार्यक्षत्रमा समयमा कार्य सम्पादन हुनेछ। नोकरी वा पेशामा शुभ चिन्तकहरूको सहयोगले रोकिएका कार्य प्रारम्भ हुनेछन्। नयाँ कार्यको जग बसाउने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

तुला
Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

परिवारको साथ र सहयोगले मन प्रफुल्लित रहनेछ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुनुपर्ला। व्यापार व्यवसायमा विषयवस्तुलाई बुझेर निर्णय लिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक
Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

अनावश्यक शंका नगर्नुहोस्। अधिकारीहरूको समक्ष प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

धनु
Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

नयाँ कार्य थाल्नुभन्दा पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन मात्र दिनेहरूले झुक्याउन सक्नेछन्। हतारमा नयाँ कार्य नलिनुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ६ रहेको छ।

मकर
Capricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले मन प्रशन्न रहनेछ। नोकरी वा पेशामा पुराना उपलब्धि पदोन्नतिमा सहायक हुनेछन्। समाजमा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा

आफ्नो क्षमताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। नयाँ व्यवसायमा प्रारम्भ गर्न सफल भइनेछ। मनमा प्रेम र विश्वासको सृजन हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मीन
Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

नयाँ कार्य र यात्रा गर्दा सजगता अपनाउनुहोस् सकेसम्म यात्रा नगर्नुहोस्। आफ्नो कार्य अरुमाथि नछोड्नुहोला। सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ संगै अधिकारीहरूको समर्थन पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

हाम्रो पात्रो बाट

Dhnagadhi & Krishanapur