भोटेकोशी बाढीपीडितका लागि चीनको ठूलो राहत सहयोग, १३ हजार सामग्री नेपाल आइपुग्यो

Image
Nisarga Hospital

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चीनले ठूलो परिमाणमा अत्यावश्यक राहत सामग्री नेपाल पठाएको छ। चीनको वायुसेनाका दुईवटा वाई–२० सैन्य कार्गो विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

CP Hospital Dhangadhi

करिब बिहान ७ बजे काठमाडौं आइपुगेका दुवै विमानमा गरी १३ हजार २०० थान राहत सामग्री रहेको जनाइएको छ। चीनले पहिलो चरणमा दुई सैन्य विमानमार्फत सामग्री पठाएको हो। थप राहत सामग्री बोकेको अर्को विमान पनि सिचुआनको राजधानी छङ्तुबाट काठमाडौंका लागि उडेको बताइएको छ।

Attariya Hospital

यसअघि चीनले सुरुङ उद्धार तथा प्राविधिक कार्यमा विशेषज्ञता भएका दुई टोली नेपाल पठाइसकेको छ। ती टोली जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा फसेकाको खोजी तथा उद्धारमा परिचालित छन्।

nawajiwan

माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारमा नेपाली सुरक्षाकर्मी तथा प्राविधिकसँगै चीन र भारतका विशेषज्ञ टोली पनि खटिएका छन्। चीनले यसअघि नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरिसकेको छ। बाढीबाट बस्ती, जलविद्युत् आयोजना, सडक तथा महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको छ।