रसुवा बाढी प्रभावित क्षेत्रमा प्रयोग गर्न २० स्याटलाइट फोन प्राप्त

Image
Nisarga Hospital

रसुवामा आएको बाढीका कारण सञ्चार सम्पर्क विच्छेद भएका तथा सेवा प्रभावित क्षेत्रमा प्रयोग गर्न नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटलाइट फोन प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले विपद्का बेला सहयोगस्वरूप नेपाललाई ती फोन उपलब्ध गराएको हो।

CP Hospital Dhangadhi

दूरसञ्चार प्राधिकरणका प्रवक्ता तथा निर्देशक मिनप्रसाद अर्यालका अनुसार फोन तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिनेछ। शनिबार भन्सारमा आइपुगेका फोन आवश्यक स्थानमा पठाएर आजैदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए।

Attariya Hospital

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा अति आवश्यक र सञ्चार सेवा प्रभावित क्षेत्रमा फोन प्रयोगमा ल्याइनेछ। बाढीबाट सञ्चार संरचनामा क्षति पुगेका दुर्गम क्षेत्रमा उद्धार, राहत तथा समन्वयका लागि फोन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

nawajiwan

प्रवक्ता अर्यालका अनुसार स्याटलाइट फोनबाट भ्वाइस तथा डेटा सेवा लिन सकिन्छ। सामान्य मोबाइल फोन वा वाकी–टकीभन्दा फरक प्रविधिमा आधारित यी फोन सञ्चालनका लागि जमिनमा रहेका टेलिफोन टावर आवश्यक पर्दैन। सिधै स्याटलाइटमार्फत सञ्चार हुने भएकाले टावर नभएका तथा दुर्गम स्थानमा समेत सम्पर्क स्थापित गर्न सकिने प्राधिकरणले जनाएको छ।