बाढीपीडितका लागि अत्तरियाको पृथ्वीनगर आमा समूहद्वारा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग

Image
Nisarga Hospital
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं. १, पृथ्वीनगर टोलस्थित पृथ्वीनगर आमा समूहले बाढी प्रभावितहरूको उद्धार तथा राहतका लागि आर्थिक सहयोग प्रदान गरेको छ । हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिक तथा परिवारको सहयोगार्थ आमा समूहले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा नगद जम्मा गरेको हो ।
CP Hospital Dhangadhi
आमा समूहका अनुसार बाढीपीडित परिवारलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले समूहको तर्फबाट २० हजार १५१ रुपैयाँ (अक्षरुपी बीस हजार एक सय एकाउन्न रुपैयाँ मात्र) राहत कोषमा जम्मा गरिएको छ । विपदको यस कठिन घडीमा मानवीय सहयोग पुर्‍याउनु सम्पूर्ण नागरिकको दायित्व रहेको कुरा समूहले उल्लेख गरेको छ ।
nawajiwan
Attariya Hospital
समूहले बाढीका कारण ज्यान गुमाउने मृतकहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण पीडित परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, प्रभावित क्षेत्रहरूमा उद्धार, राहत तथा पुनस्र्थापनाको कार्य यथासम्भव छिटो सम्पन्न होस् भनी आमा समूह परिवारले कामना समेत गरेको छ ।