त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि सरकारको युद्धस्तरको तयारी

Image
Nisarga Hospital

गत भदौ १० गते आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको छ। ऊर्जा मन्त्रालयका अनुसार फसेकाहरूको जीवन रक्षा र उद्धारका लागि युद्धस्तरमा काम भइरहेको छ।

CP Hospital Dhangadhi

उद्धारलाई प्रभावकारी बनाउन आज रातभर सुरुङमा थुप्रिएको गेग्रान तथा अवरोध हटाउने काम जारी राखिनेछ। साथै, सुरुङभित्र अक्सिजन पुर्‍याउन भेन्टिलेसनको व्यवस्था पनि समानान्तर रूपमा अघि बढाइएको छ।

Attariya Hospital

उद्धार टोलीले सुरुङभित्र घस्रिएर जान सकिने साँघुरो प्यासेज निर्माण गरिरहेको छ। उक्त मार्ग हुँदै स्ल्याबको माथिल्लो भागबाट डक्टको टुप्पोसम्म पुगेर सुरुङको भित्री अवस्था निरीक्षण गर्ने योजना छ।

nawajiwan

यो प्रक्रियाबाट उद्धार सम्भव नभए भोलि बिहान नेपाली सेनाको प्राविधिक टोलीमार्फत नियन्त्रित विस्फोट गरी अवरोध हटाउने वैकल्पिक योजना तयार गरिएको मन्त्रालयले जनाएको छ। फसेका सबैलाई सकुशल उद्धार गर्न कुनै कसर बाँकी नराख्ने मन्त्रालयको प्रतिबद्धता छ।