आज सोमबारे व्रत : भगवान शिवको आराधना र मनोकामना पूर्ति हुने धार्मिक विश्वास

Image
Nisarga Hospital

हिन्दू धर्मशास्त्रअनुसार सोमबार भगवान शिवको विशेष दिन मानिन्छ। यस दिन भक्तजनले देवका पनि देव महादेव शिवको पूजा, आराधना तथा व्रत बस्ने परम्परा रहिआएको छ। शिवलाई समर्पित सोमबारको व्रत सूर्योदयसँगै सुरु हुने र सूर्यास्तपछि साँझको पूजा तथा आरती सम्पन्न गरेर भोजन गर्ने चलन छ।

CP Hospital Dhangadhi

सोमबारका दिन भगवान शिवसँगै माता पार्वतीको पनि विशेष पूजा–आराधना गरिन्छ। धार्मिक परम्पराअनुसार कुनै पनि शुभ कार्य वा पूजाअघि भगवान गणेशको पूजा गर्नु अनिवार्य मानिन्छ।

Attariya Hospital

सोमबारको व्रत बस्दा मनोकामना पूरा हुने, ज्ञान र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास छ। विशेषगरी अविवाहित महिलाले सुयोग्य जीवनसाथी प्राप्त होस् भन्ने कामनासहित सोमबारको व्रत बस्ने परम्परा प्रचलित छ। विवाहित महिलाले परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै व्रत तथा पूजा गर्ने गर्छन्।

nawajiwan

धार्मिक आस्था र विश्वाससँग जोडिएको सोमबारको व्रत हिन्दू समुदायमा आज पनि विशेष श्रद्धाका साथ मनाउने गरिन्छ।