दुर्गा लक्ष्मी नमुना माविमा तीनदिने उद्घोषण तालिम सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया : प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालय अत्तरिया इकाइको आयोजनामा सञ्चालन गरिएको तीनदिने उद्घोषण तालिम सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

विद्यालयका ६० जना विद्यार्थीको सहभागिता रहेको तालिममा प्रशिक्षक गिरीजा प्रसाद पनेरुले उद्घोषणसम्बन्धी प्रशिक्षण दिएका थिए। तीन दिनसम्म सञ्चालन भएको तालिममा विद्यार्थीलाई कार्यक्रम सञ्चालन, उद्घोषणको कला तथा प्रभावकारी रूपमा आफ्ना कुरा प्रस्तुत गर्ने लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।

तालिमको समापन समारोहमा सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रमाणपत्र वितरणसँगै तीनदिने तालिमको औपचारिक रूपमा समापन गरिएको हो।

nawajiwan
Attariya Hospital

समापन समारोहमा विद्यालयका सह–प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका संगठन सचिव तथा केन्द्रीय सचिव, समाजसेवी युवा जय धामी, प्राज्ञिक विद्यार्थी परिषद्का अन्य प्रतिनिधि तथा तालिममा सहभागी विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

तालिमले विद्यार्थीहरूमा उद्घोषण तथा सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने क्षमता विकास गर्न सहयोग पुगेको तीनदिने उद्घोषण तालिमकी संयोजक टिकेश्वरी साउँदले बताइन्।