
धनगढीस्थित माया मेट्रो अस्पताल प्रा.लि.ले स्वास्थ्य सेवाको क्षेत्रमा आफ्नो ८ वर्षे यात्रा पूरा गरेको छ। आठौँ वार्षिकोत्सवका अवसरमा अस्पतालले सेवाको निरन्तरतासँगै बिरामी तथा सेवाग्राहीको विश्वासलाई आफ्नो यात्राको मुख्य शक्ति भएको जनाएको छ।

अस्पतालका अनुसार आठ वर्षको अवधिमा हजारौँ बिरामी तथा परिवारलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। यो उपलब्धि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको समर्पण र सेवाग्राहीको निरन्तर विश्वासको परिणाम भएको अस्पतालले जनाएको छ।
अस्पतालले २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, फार्मेसी, आईसीयू, एनआईसीयू र पीआईसीयू लगायत सेवा सञ्चालन गर्दै आएको छ। त्यस्तै, एमआरआई, ६४–स्लाइस सीटी स्क्यान, बायोप्सी तथा क्यान्सर स्क्रिनिङ, विशेषज्ञ चिकित्सकीय सेवा, आधुनिक डायग्नोस्टिक तथा प्रयोगशाला सेवा उपलब्ध रहेको जनाएको छ।


इन्डोस्कोपी, टीएमटी, एबीपीएम, होल्टर, इको र ईसीजीसहित एसी डिलक्स क्याबिन, ओपीडी, अनलाइन अपोइन्टमेन्ट तथा भुक्तानी सुविधा पनि अस्पतालले प्रदान गर्दै आएको छ।
वार्षिकोत्सवमा अस्पतालले आगामी दिनमा आधुनिक प्रविधि, विशेषज्ञ सेवा र उपचारका थप सुविधा विस्तार गर्दै सुदूरपश्चिममै भरपर्दो तथा गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।
अस्पतालले आठ वर्षको यात्रामा साथ र विश्वास प्रदान गर्ने बिरामी, सेवाग्राही, आफन्त, शुभेच्छुक, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ।






























