प्राकृतिक विपत्ति: बाढीको चपेटामा नेपालका तीन जिल्लाका महत्त्वपूर्ण पुलहरू

Image
Nisarga Hospital
भाद्र १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाका तीन दर्जनभन्दा बढी पुलहरूमा व्यापक क्षति पुऱ्याएको छ। बाढीले नेपाल–चीन जोड्ने मुख्य व्यापारिक मितेरी पुल, बेत्रावतीका पुलहरू र मलेखुको फुर्के खोला पुलसहित मुख्य संरचनाहरू पूर्ण रूपमा ध्वस्त पारेका छन्। यस महाविपत्तिले गर्दा ती क्षेत्रहरूको सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भई यातायात सेवा ठप्प भएको छ।
CP Hospital Dhangadhi
Attariya Hospital
रसुवाका क्षतिग्रस्त पुल
nawajiwan
  • मितेरी पुल (रसुवागढी) : नेपाल र चीन जोड्ने मुख्य व्यापारिक पुल
  • टिमुरे क्षेत्रमा रहेका दुई वटा पुल
  • चिलिमेस्थित भोटेकोशी पुल
  • चिलिमे खोला पुल
  • स्याफ्रुबेंसी पुल
  • स्याफ्रुबेंसी तथा भोटेकोशी क्षेत्रका बेलिब्रिज
  • त्रिशूली र मैलुङ क्षेत्रका पाँच वटा पुल
नुवाकोटका क्षतिग्रस्त पुल
  • वेत्रावतीको पुरानो र नयाँ पुल : रसुवा र नुवाकोट जोड्ने महत्त्वपूर्ण पुल
  • त्रिशूली नदी पुल (तुप्चे)
  • त्रिशूली बजारका दुई वटा पुल (पुरानो र नयाँ)
  • सिमचौर पुल
  • देवीघाट पुल (मध्यपहाडी राजमार्ग अन्तर्गत पर्ने पुल)
  • ताँदी खोलाका दुई वटा पुल
  • श्रीकाली पुल
  • बुढसिंहघाट पुल
  • रातमाटे पुल
  • फोस्रेटार पुल
धादिङका क्षतिग्रस्त पुल
  • मलेखुस्थित फुर्के खोला पुल (पूर्ण ध्वस्त)
  • घाटबेंसी पुल (पूर्ण ध्वस्त)
  • स्यालटार सडक पुल (पूर्ण ध्वस्त)
  • कोल्पु खोलाका दुई वटा पुल (पूर्ण ध्वस्त)
  • मास्टर पुल, जरेबगैँचा पुल र कोल्पु खोलाको नयाँ पुल (आंशिक क्षति)