‎बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु

Image
तस्बिर: सामाजिक सञ्जाल बाट साभार
Nisarga Hospital

‎बैतडी:

CP Hospital Dhangadhi

बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
‎
‎सिगास गाउँपालिका–२, धौलाडीका ५७ वर्षीय कालुसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो ।
‎
‎सोमबार दिउँसो बाख्रा चराउन घर नजिकैको जंगलमा गएका धामी करिब १ बजेतिर भिरबाट खसेका थिए ।
‎
‎भिरबाट करिब ४ सय मिटर तल खोलामा खसेका धामीको घटनास्थलमै मृत्यु भएको सिगास गाउँपालिका– २ का वडाध्यक्ष ठगेन्द्र ऐरले जानकारी दिनुभएको छ ।
‎
‎घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Dhnagadhi & Krishanapur