
बैतडी:


बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
सिगास गाउँपालिका–२, धौलाडीका ५७ वर्षीय कालुसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो ।
सोमबार दिउँसो बाख्रा चराउन घर नजिकैको जंगलमा गएका धामी करिब १ बजेतिर भिरबाट खसेका थिए ।
भिरबाट करिब ४ सय मिटर तल खोलामा खसेका धामीको घटनास्थलमै मृत्यु भएको सिगास गाउँपालिका– २ का वडाध्यक्ष ठगेन्द्र ऐरले जानकारी दिनुभएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
































