सि.पि. अस्पतालद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३५ हजार सहयोग

Image
Nisarga Hospital

धनगढीस्थित सि.पि. अस्पताल प्रा.लि.ले रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि ३ लाख ३५ हजार ३ सय ३५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

CP Hospital Dhangadhi

अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक उत्तरदायित्व भएको भन्दै अस्पताल प्रशासन र कर्मचारीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी सहयोग गरेका हुन्।

अस्पतालले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन नागरिकहरू सकुशल फेला परून् भन्ने प्रार्थना गरेको छ।

nawajiwan
Attariya Hospital

अस्पतालका अनुसार प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सबै क्षेत्रबाट सहकार्य आवश्यक छ। कठिन परिस्थितिमा पीडितको दुःखमा साथ दिन अस्पतालले नागरिक, संघसंस्था तथा व्यवसायिक क्षेत्रलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रहसमेत गरेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस सहयोगले विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने अस्पतालको विश्वास छ। अस्पतालले आगामी दिनमा समेत आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।