मंगलबार गणेश पूजा र व्रतको धार्मिक महत्व, यस्ता छन् पूजा विधि र मन्त्र

Image
Nisarga Hospital

हिन्दू धर्मशास्त्रमा मंगलबार भगवान गणेशको पूजा, अर्चना तथा व्रत गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। कुनै पनि शुभ कार्य सुरु गर्नुअघि गणेशको पूजा गर्ने परम्परा छ। मंगलबार शुद्ध मनले गणेशको आराधना गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

CP Hospital Dhangadhi

शास्त्रमा गणेश पूजाका लागि आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, ताम्बूल, दक्षिणा, आरती र परिक्रमा लगायतका विधि उल्लेख छन्। यस दिन गणेशलाई प्रिय मानिने लड्डु अर्पण गर्ने चलन पनि छ।

पद्मपुराणमा उल्लेख कथाअनुसार गणेशले सबै तीर्थको भ्रमण गर्नुभन्दा माता–पिताको श्रद्धापूर्वक परिक्रमा गरी उनीहरूप्रतिको भक्ति प्रदर्शन गरेका थिए। यसबाट मातापिताको सम्मान र भक्तिको महत्त्व दर्शाइएको धार्मिक मान्यता छ।

nawajiwan
Attariya Hospital

गणेशलाई बुद्धि, ज्ञान र विघ्न निवारणका देवताका रूपमा पूजा गरिन्छ। ‘विघ्नेश्वर’ र ‘विनायक’ नामले समेत चिनिने गणेशलाई मंगलदाता मानिन्छ।

पूजाका क्रममा ‘ॐ गं गणपतये नमः’, ‘ॐ सिद्धि विनायकाय नमः’, ‘ॐ गजाननाय नमः’, ‘ॐ एकदंताय नमो नमः’ लगायतका मन्त्र जप्ने धार्मिक परम्परा छ। मंगलबार मासु तथा मदिरा सेवन नगर्नु र जीवहत्या नगर्नु शुभ मानिन्छ।