गौरा पर्वको अवसरमा कैलालीको गोदावरी नगरपालिकामा भदौ १८ गते स्थानीय बिदा

Image
Nisarga Hospital
अत्तरियाः सुदूरपश्चिम प्रदेशको मुख्य सांस्कृतिक चाड गौरा पर्वको अवसरमा कैलालीको गोदावरी नगरपालिकाले आगामी भदौ १८ गते बिहीबार एक दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।
CP Hospital Dhangadhi
नगरपालिकाको भदौ ९ गते बसेको १४४ औँ कार्यपालिका बैठकले उक्त दिन नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
nawajiwan
नगरपालिकाद्वारा जारी सूचना अनुसार उक्त दिन गोदावरी नगरपालिकाको कार्यालय, नगर कार्यपालिकाको कार्यालय तथा यस अन्तर्गतका सम्पूर्ण मातहतका कार्यालय, निकायहरू र शिक्षण संस्थाहरूमा बिदा लागू हुनेछ। यद्यपि, अस्पताल र दमकल जस्ता अत्यावश्यक सेवाहरू भने सुचारु रहने नगरपालिकाले जनाएको छ।
Attariya Hospital
सूचना मार्फत नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश पन्तले सम्पूर्ण नगरबासीहरूमा गौरा पर्वको हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ।